Connect with us
Advertisement

सुन्दरहरैंचामा बन्यो विश्वमै ज्योतिषीको पहिलो प्रशासकीय भवन, नवग्रह अध्ययन केन्द्रको रुपमा विकास गरिने

Published

on

विराटचोकः नेपाल ज्योतिष परिषद्को प्रदेश कार्यालय भवन उद्घाटन गरिएको छ । सुुन्दरहरैंचाको वडा नम्बर ५ मा रहेको भवनको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र परिषद्का संस्थापक केन्द्रीय अध्यक्ष डा. लोकराज पौडेलले संयुुक्त रुपमा उद्घाटन गरे । सो भवन विश्वकै ज्योतिषीहरुको पहिलो कार्यालयीय भवन भएको बताइएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै परिषद्का प्रदेश उपाध्यक्ष बाबुराम निरौलाले नवनिर्मित भवनसँगै रहेको जग्गामा थप भवन बनाइने बताए । ४ तले सो भवन नवग्रह अध्ययन केन्द्रको रुपमा विकास गर्ने गरी गृहकार्य शुरु गरिएको बताए । असारभित्रै सो भवनको लागि डीपीआर निर्माण गरेर काम शुरु गर्ने तयारी परिषद्को प्रदेश कार्यसमितिले गरेको उनले जानकारी दिए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर ढकालले आफ्नो कार्यकालमा सामुदायिक स्तरका ३० वटा भवन बनेको बताए । सुन्दरहरैंचाले धार्मिक, आध्यात्मिक आस्थाका कार्यक्रम र योजनाका लागि बजेट विनियोजन गर्न कुनै कञ्जुस्याइँ नगरेको बताए । भवन निर्माणका लागि १० लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको उनले सुनाए । आफू तीन तिहाइ अल्पमतमा हुँदा पनि कार्यपालिकाका सबैको चित्त बुझाएर काम गरेको बताउँदै कसैले ‘नोट अफ डिसेन्ट’ लेख्नुपर्ने गरी कुनै निर्णय नगरिएको जनाए ।

परिषद्का संस्थापक अध्यक्ष डा. पौडेलले ज्योतिष परिषद्को पहिलो भवन मोरङ जिल्लामा बनेको बताउँदै भवन निर्माणको लागि जागरुक बनेको प्रदेश समितिलाई धन्यवाद दिए । परिषद्ले २०६३ सालमा सम्मेलन गर्न तत्कालीन सरकारबाट लिएपछि सुन्दरहरैंचाले परिषद्को लागि ठूलो रकम विनियोजन गरेको बताए ।

अब ज्योतिषीले पनि वडामा दर्ता भएर पान नम्बर लिएर कर तिर्ने बानी बसाल्नुपर्ने बताए । ज्योतिषीले कर नतिरेको आरोप लाग्ने गरेको जनाउँदै अब लाइसेन्स लिएर दर्ता भएर आधिकारिक रुपमा ज्योतिष पेशा अपनाउनुपर्ने गरी काम अघि बढाइरहेको उनले बताए । विश्व ज्योतिष महासंघको भवन नेपालमै बनाउने गरी काम भइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा परिषद्का झापा अध्यक्ष चन्द्रमणि मगर, भोजपुर उपाध्यक्ष रमेश सुवेदी, धनकुटा अध्यक्ष हरि भण्डारी, मोरङ अध्यक्ष राजेन्द्र ढकाल, सुनसरी अध्यक्ष दधिराम बाराकोटी, केन्द्रीय सह महासचिव सीताराम सोम लुुइँटेल, केन्द्रीय सहसचिव प्रेमसागर घिमिरे, केन्द्रीय सदस्य कमल दाहाललगायतले आफ्नो भनाइ राखेका थिए ।

परिषदका प्रदेश अध्यक्ष विश्वप्रकाश लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष राम रिजाल, सुन्दरहरैंचा नगरपालिकाका लेखा प्रमुख शेखर ढकाललगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन केन्द्रीय प्रचार सचिव घनश्याम चापागाईँले गरेका थिए ।

https://www.facebook.com/NispakshyaKhabarDotCom/photos/pcb.708059140638569/708058203971996/

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मोरङमा ससुरा बुहारीमाथि दलियो कालो मोसो, ५ जना पक्राउ,एक महिला फरार

Published

on

मोरङमा ससुरा बुहारीमाथि दलियो कालो मोसो, ५ जना पक्राउ,एक महिला फरार

Continue Reading

Banner

बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो

Published

on

लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो ।

२०१ रन बनाएर पराजित भएको भए पनि चेन्नेइ प्लेअफमा पुग्ने थियो । तर, २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो ।

चेन्नेइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

बेंग्लुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बेंग्लुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।

यसअघि आईपीएलको प्लेअफका चारवटै टोलीको टुंगो लागिसकेको छ ।

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ ।

आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।

Continue Reading

Banner

आज – ०६ जेठ २०८१ आइतवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । जोशजाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ । आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक